हाइपेरिकम युरालम हरियो पात भएको एक प्रकारको चौडा पात भएको पात झर्ने प्रकृतिको झाडी (deciduous shrub) हो। चैत बैशाखमा यसमा पहेँलो फूल फुल्छ। यो बिरुवा घाम र छायाँमा समेत राम्रोसँग बढ्छ र यसलाई नियमित पानी आवश्यक हुन्छ। उर्वर र राम्रोसँग पानी निकास हुने माटोमा यो राम्रोसँग फस्टाउँछ। यहाँ राखिएको विरूवाको फोटो सिन्धुपाल्चोक बरूवामा खिचिएको हो । यो विरूवा नेपालको तराइ र पश्चिमी भागमा पाईँदैन । यो विरूवा नेपाल, भारत, चिन, बर्मा र भुटानमा पाइन्छ । यसको पात र फूलबाट रङ र अत्तर बनाउन सकिन्छ भने यसको औषधिय गुण पनि हुन्छ । यो विरूवाका बारेमा नेपालमा अनुसन्धान भएको पाईँदैन ।
CHARACTERISTICS OF Hypericum uralum
Plant type: shrub
Plant family: hypericaceae
Foliage: deciduous green
Mature size: 2 FT – 5 FT – wide, 2 FT – 4 FT – tall
Flowers: yellow blooms in summer
Uses: fragrant




